कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बर्दियामा २३ वर्षपछि फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जनाए ।

शाहमाथि जिल्ला अदालत बर्दियाको २०५६ असार १३ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतको आदेशबमोजिम शाहलाई कैद भुक्तानका लागि बर्दिया कारागार पठाइएको छ ।

प्रकाशित : माघ ११, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?