बर्दियामा २३ वर्षपछि फरार अभियुक्त पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा २३ वर्षपछि फरार अभियुक्त पक्राउ

कमल पन्थी

बर्दिया — जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जनाए ।

शाहमाथि जिल्ला अदालत बर्दियाको २०५६ असार १३ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतको आदेशबमोजिम शाहलाई कैद भुक्तानका लागि बर्दिया कारागार पठाइएको छ ।

प्रकाशित : माघ ११, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

सेल्सबेरीको विन्टर डिल

कान्तिपुर संवाददाता

काठमाडौँ — सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘विन्टर डिल’ नामक अफर सार्वजनिक गरेको छ ।

यसअन्तर्गत सेल्सबेरीले जाडोमा उपभोग हुने खाद्य वस्तु तथा घरायसी समानहरूमा विशेष छुट दिने जानकारी दिएको छ । यो अफर सेल्सबेरीका विभिन्न साखा तथा सेलवेज पोखराका शाखाहरुमा लागू हुने भनिएको छ । यो अफर माघ ११ देखि २४ सम्म लागू हुनेछ ।

प्रकाशित : माघ ११, २०७९ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×