१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भैरहवाको ‘जेल रेस्टुराँ’ बन्द

रासस

भैरहवा — भैरहवाको देवकोटा चोकमा रहेको 'जेल रेस्टुराँ'मा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र पासो प्रशासनले जफत गर्दै रेस्टुराँ बन्द गराएको छ ।

भैरहवाको ‘जेल रेस्टुराँ’ बन्द

ग्राहकलाई लक्षित गरी रेस्टुराँका कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

रेस्टुराँमा सेल नम्बर उल्लेख गरेर कोठा बनाइएको थियो। स्थानीय मिडियाबाट सो रेस्टुराँबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको अर्यालले बताए ।

फरक प्रकृतिकै भएकाले पछिल्लो समय सो रेस्टुराँ चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए ।

प्रकाशित : माघ १०, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?