रूकुममा विद्युत् सेवा अवरूद्ध 

महेश केसी

रूकुम पूर्व — रूकुम पूर्व र पश्चिममा मंगलबार बिहानैदेखि विद्युत् सेवा अवरूद्व भएको छ । बिहानैदेखि मौसम प्रतिकूल हुँदा चिसो बढेको छ भने बिजुली नहुँदा मुस्किल परेको मुसीकोटका बालकृष्ण दाहालले बताए ।

रूकुममा विद्युत् सेवा अवरूद्ध 

केन्द्रीय प्रसारण लाइन पुगेका रूकुम पूर्व र पश्चिममा विभिन्न भागमा बिहानैदेखि बिजुली छैन ।

तुलसीपुरबाट ल्याइएको ३३ केभीए लाइनमा समस्या आएको र मर्मत भइरहेको विद्युत् प्रधिकरण रूकुम पश्चिम वितरण केन्द्रका प्राविधक सुनील बीएमले जानकारी दिए । उनका अनुसार यस खण्डमा मर्मतको काम भइरहेको र जाजरकोट र्फबाट वैकल्पिक व्यवस्था गरेर सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ ।

प्रकाशित : माघ १०, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?