पाल्पाको तिलोत्तमा मावि अटोमोबाइल शिक्षामा लुम्बिनी प्रदेशमै पहिलो- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको तिलोत्तमा मावि अटोमोबाइल शिक्षामा लुम्बिनी प्रदेशमै पहिलो

माधव अर्याल

पाल्पा — पाल्पाको तिलोत्तमा मावि अटोमोबाइल अध्ययन गराउने विद्यालयमध्ये लुम्बिनी प्रदेशमा पहिलो भएको छ । तिनाउ गाउँपालिका ३, झुम्सामा रहेको तिलोत्तमा माध्यमिक विद्यालय प्राविधिक धार अटोमोबाइलतर्फ लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको विद्यालयका प्रधानाध्यापक झवीन्द्र ज्ञवालीले बताए ।

लुम्बिनी प्रदेशमा रहेका (प्राविधिक धार) अटोमोबाइल अध्यापन गराउने चार विद्यालयमध्ये तिलोत्तमाले ९३.७५ प्रतिशत अंक प्राप्त गरेको विद्यालयले जनाएको छ । यससँगै लुम्बिनी प्रदेशमै प्रथम हुन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बस्यालले बताए । प्राविधिक शिक्षातर्फ १८ महिने अटोमोबाइल इन्जिनियरिङ विषयको शैक्षिक वर्ष २०७७/७८ को वार्षिक परीक्षामा १६ जना विद्यार्थी मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस पटक दोस्रो शैक्षिक वर्षको नतिजा प्रकाशित भएको उनले बताए । तिलोत्तमा माध्यमिक विद्यालय अटोमोबाइल सम्बन्धी पढाइ हुने पाल्पाकै एक मात्र विद्यालय भएको उनले बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीई) बाट मान्यता प्राप्त आंगिक सामुदायिक विद्यालय तिलोत्तमा माविमा १८ महिने प्री डिप्लोमा इन अटोमोबाइल इन्जिनियररिङसम्बन्धी विगत तीन वर्षदेखि कक्षा सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्यालले बताए ।

यस वर्ष १९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । ‘पढाइपश्चात पूर्ण रुपमा रोजगारको ग्यारेन्टीसहित कक्षा सञ्चालन भइरहेको छ,’ उनले भने । अटोमोबाइल इन्जिनियरिङ विषयसँग सम्बन्धी मेकानिकल ल्याब, अटोमोबाइल ल्याब, वर्कसप, आईसीटी ल्याब, मल्टिमिडिया जडित कक्षाकोठा, आफ्नै कार तथा बाइक सिक्ने स्पटको सुविधालगायत विशेषता रहेको उनले बताइन् । विद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई पूर्ण रुपमा निःशुल्क प्रशिक्षण दिएको छ । यहाँ निःशुल्क छात्रबासको व्यवस्थासमेत रहेको विद्यालयका प्रधानाध्यापक ज्ञवालीले बताए ।

प्रकाशित : माघ १०, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

डेढ लाख घुससहित आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख नियन्त्रणमा

दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँ भेटियो
कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार साँझ चुडाललाई घुससहित नियन्त्रणमा लिएको हो । 

चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावतका लागि पास उपलब्ध गराउने भन्दै सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

साथै चुडालको कार्यकक्षमा रहेको स्टिलको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँसमेत बरामद भएको अख्तियारले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धना भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए । चुडाल प्रबन्धक नवौं तहका कर्मचारी हुन् ।

प्रकाशित : माघ १०, २०७९ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×