कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गैंडाको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जमा २ जना घाइते

कमल पन्थी

बर्दिया — सोमबार दिउँसो गैंडाले आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा खडखडाइ गर्न गएका दुई जना  घाइते भएका छन् । बर्दिया निकुञ्जमा माघ ९ र १० गते सर्वसाधरणका लागि खडखडाइ खुलेको पहिलो दिन गैंडाले आक्रमण गरेको हो । 

बर्दिया निकुञ्जका सूचना अधिकारी एंव सहायक प्रमुख संरक्षण अधिकृत मुकुन्द सञ्जेलले खल्ला गाउँ इलाकामा खडखडाइ गरिरहेको अवस्थामा गैंडाले आक्रमण गरेको बताए । गैंडाको आक्रमणबाट गेरुवा गाउँपालिका—५ सुखडका ३२ वर्षीय ज्ञानबहादुर दहित र राजापुर नगरपालिका चैनपुरका ४० वर्षीय बिनु चौधरी घाइते भएको उनले जनाए ।

घाइतेलाई निकुञ्जका कर्मचारी र सुरक्षाका लागि तैनाथ नेपाली सेनाले उद्धार गरी गेरुवास्थित स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको निकुञ्जले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?