कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सियारीको गाउँसभाबाट ५ विधेयक पारित 

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सियारी गाउँपालिकाको १२ औं गाउँसभा विभिन्न विधेयक पारित गर्दै सम्पन्न भएको छ । पुस २९ गतेदेखि सुरु भएको गाउँसभा ५ वटा विधेयक सर्वसम्मतिले पारित गर्दै सकिएको हो ।

सियारीको गाउँसभाबाट ५ विधेयक पारित 

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले पालिका सञ्चालनका लागि आवश्यक विधेयक सर्वसम्मतिले पारित भएको जानकारी दिए । उनले गाउँसभामा पेस भएका पालिकाको लागि आवश्यक कानुन निर्माण तथा संशोधन सहितका विधेयक पारित भई आजैका दिनदेखि लागू भएको बताए ।

उनका अनुसार सियारी गाउँपालिकाको संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक २०७९, आर्थिक ऐन २०७९ मा संशोधन गर्न बनेको विधेयक, २०७९, सियारी गाउँपालिकाको नगर प्रहरी ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक २०७९ रसियारी गाउँपालिका लेखा समिति (कार्य सञ्चालन) कार्यविधि २०७९ पारित भएका छन् ।

अध्यक्ष घिमिरेले पालिकाको विकासका लागि सम्पूर्ण जनप्रतिनिध र कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रकाशित : माघ ६, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?