बर्दियामा फरार अभियोगी पक्राउ
बर्दिया — अवैधरुपमा काठ ओसारपसारको अभियोगमा जरिवाना सजाय तोकिएका एक फरार अभियोगी बुधबार पक्राउ परेका छन् । जिल्ला अदालत बर्दियाको गत जेठ ११ गतेको आदेशपछि फरार बारबर्दिया नगरपालिका—९ का सुरेशराज चौधरीलाई ईलाका प्रहरी कार्यालय बनियाभारको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक हृदेश सापकोटाले बताए ।