बर्दियामा फरार अभियोगी पक्राउ

कमल पन्थी

बर्दिया — अवैधरुपमा काठ ओसारपसारको अभियोगमा जरिवाना सजाय तोकिएका एक फरार अभियोगी बुधबार पक्राउ परेका छन् । जिल्ला अदालत बर्दियाको गत जेठ ११ गतेको आदेशपछि फरार बारबर्दिया नगरपालिका—९ का सुरेशराज चौधरीलाई ईलाका प्रहरी कार्यालय बनियाभारको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक हृदेश सापकोटाले बताए ।

उनीमाथि दुई वटा छुट्टाछुट्टै मुद्दामा १ लाख १९ हजार ३ सय ५ र १ लाख ७५ हजार ८ सय ३२ गरी जम्मा २ लाख ९५ हजार १ सय ३७ रुपैयाँ जरिवाना अदालतले तोकेको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

चौधरीलाई बर्दिया जिल्ला अदालतलाई बुझाइएको छ ।


प्रकाशित : माघ ४, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

अनुदान आयोगको अध्यक्षमा अधिकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक देवराज अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को बुधबार बसेको बैठकले प्राध्यापक अधिकारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रनिकट अधिकारी व्यवस्थापनविज्ञ हुन् । उनी यसअघि आयोगको एक कार्यकाल सदस्यसचिवको भूमिकामा थिए । 

अधिकारीले त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष सेवा गरेका थिए । २०७६ जेठमा त्रिविबाट अवकाश पाएका थिए । प्राध्यापक अधिकारी नेपाल बैंकको अध्यक्षसमेत जिम्मेवारी वहन गरेका थिए ।

यस्तै त्रिवि व्यवस्थापन संकाय डिन, केन्द्रीय विभाग प्रमुख, एमफिलको निर्देशकको भूमिका निर्वाह गरेका थिए । पूर्वअध्यक्ष भीमप्रसाद सुवेदीले चार वर्षे कार्यकाल गत मंसिरमा सकिएपछि आयोगमा नेतृत्व अभाव थियो ।

प्रकाशित : माघ ४, २०७९ २०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×