कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नवलपरासीको भूमहीमा दुर्घटना : एक जनाको मृत्यु,पाँच घाइते 

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा सवारी दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको  छ भने पाँच जना घाइते भएका छन् । परासी-भूमही सडकखण्डअन्तर्गत सुनवल-१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र वाग्मती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

नवलपरासीको भूमहीमा दुर्घटना : एक जनाको मृत्यु,पाँच घाइते 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कारचालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका -८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

दुर्घटनामा घाइते हुनेमा कारमा सवार कपिलवस्तु वाणगंगा- ८ मधुवन बस्ने ३१ वर्षीय पूर्ण बहादुर राना,सोही ठाउँ निवासी २८ वर्षीय मनोजकुमार परियार, नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका बस्ने २८ वर्षीय गंगा गोदामी,नवलपरासी (पूर्व) कावासोती नगरपालिका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाँची शीतगंगा नगरपालिका -६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी घाइते छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बसमा सवार यात्रुहरू भने सकुशल छन् ।

प्रकाशित : माघ २, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?