मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङको घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका -१६ बेसाहीमा सोमबार रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक घोराही १६ लेटारका २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय विवेक चौधरीको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

प्रकाशित : माघ २, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले माघ ३ गते दिउासो १ बजे बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

माघ २ गते उम्मेद्वारको प्रस्ताव पेश गर्ने र ३ गते चयन गर्ने कार्यतालिका तय भएको पुन मगरले बताए । लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ । एमालेले मुख्यमन्त्री पाइसकेको छ । सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने गरी छलफल भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×