करेन्ट लगाएर माछा मार्न खोज्दा पाल्पामा एकको मृत्यु

आठ युवा प्रहरी नियन्त्रणमा
माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–४, हमीनका ३० वर्षीय विष्णुबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । माथागढी गाउँपालिका–१, चिदीपानी अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

रातिको समयमा माछा मार्नका लागि विद्युत्‌को मुख्य लाइनबाट हुक लगाएर तयारी गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक थापासँगै माछा मार्न गएका आठ युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले रम्भा गाउँपालिका–४ का यमप्रसाद दर्लामी, विष्णुबहादुर दर्लामी, सुजन रेस्मी, सोमबहादुर सिंजाली, सोमबहादुर गाहा, रिकमान दर्लामी, निशान दर्लामी, मदनबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।

प्रकाशित : माघ २, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?