कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भन्सार छली ल्याएको ८ सय ४१ क्विन्टल चिनी बरामद

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी प्रहरीले ठूलो मात्रामा अवैध रुपमा राखिएको चिनी बरामद गरेको छ ।

भन्सार छली ल्याएको ८ सय ४१ क्विन्टल चिनी बरामद

शुक्रबार राति रामग्राम नगपालिका–८ लोसहडास्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा राजस्व अनुसन्धान कार्यायलले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

बरामद भएको चिनी के कसरी जिल्लासम्म भित्रियो भन्ने विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ । यसअघि पनि जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर भारतबाट चिनी भित्राउने गरेको जनगुनासो बढेको थियो । तस्करी नियन्त्रण गर्न नसकेको भन्दै जिललाका सशस्त्र र जनपथ प्रहरीका एसपीलाई काठमाडौं तानिएको छ ।


प्रकाशित : पुस ३०, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?