सुनवलमा भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, एक घाइते

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

सुनवलमा भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, एक घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एकासपमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार पिकअप भ्यानका चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ वर्षीय राजकुमार विकको मृत्यु भएको हो । दुर्घटनामा घाइते विकलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–१४ शिवनगरका शिव श्रेष्ठको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : पुस २९, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?