भीरबाट खसेर एक जनाको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट खसेर एक जनाको मृत्यु

मृतक पुन नेत्रविक्रम चन्द नेतृत्वको पार्टी नेकपा सम्बद्ध जनकलाकार थिए
काशीराम डाँगी

रोल्पा — बिजुलीको तार जोड्ने क्रममा भीरबाट लडेर पूर्वी रोल्पामा एक जनाको मृत्यु भएको छ। मंगलबार बेलुका तार तान्ने क्रममा सुनछहरी गाउँपालिका-५ पोवाङका ४२ वर्षीय हिकलाल पुन 'हिमाल' को घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक पुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जन कलाकार थिए। स्थानीय कालीबाङबाट नजिकै पर्ने अर्को गाउँमा बिजुलीको लाइन लैजान तार तान्ने क्रममा कालीबाङको बाटोबाट करिब २० मिटर मुनि खसेर उनको ज्यान गएको हो। घटनास्थल पुगेका प्रहरी वरिष्ठ नायब निरीक्षक सूर्यलाल गुरुङसहितको टोलीले उद्धार प्रयास गरेको थियो।

उनी लामो समय कलाकारितामा लागेका थिए। उनी तत्कालीन माओवादी युद्धमा संलग्न थिए। सुरुमा माओवादी केन्द्रमा आवद्ध उनी हाल नेत्रविक्रम चन्द नेतृत्वको कलाकार संघको लुम्बिनी प्रदेश समितिमा कार्यरत थिए।

उनको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल लिवाङ रेउघामा ल्याइएको छ। दुर्घटनामा परी उनको दुखद् निधन भएको चन्द नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य सन्तोष सुवेदीले बताए। उनले पोस्टमार्टम गर्न पार्टीले सहयोग गरेको बताइएको छ।

प्रकाशित : पुस २७, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पाको भानु विद्यालयमा आगलागी, लाखौंको क्षति

काशीराम डाँगी

रोल्पा — पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका-६ बाजबोट गाउँमा रहेको भानु आधारभूत विद्यालयमा शनिबार राति आगलागी भएको छ। आगलागीबाट विद्यालयको मुख्य कार्यालयभित्र रहेका सामग्री जल्दा करिब १० लाख क्षति भएको स्थानीयले दाबी गरेका छन्।

कार्यालयका कागजात, कम्प्युटर र अन्य सामग्री आगलागीबाट नष्ट भएका छन्। स्थानीय दुर्योधन रानाले अज्ञात समूहबाट विद्यालयमा आगलागी गरेको हुनसक्ने बताए। प्रहरीले यसबारे अनुसन्धान गरिरहेकोजनाएको छ।

उक्त विद्यालय गाउँपालिका केन्द्र रहेको जुगारको नेर्पाबाट करिब १५ मिनेटको पैदल दूरीमा रहेको छ। विद्यालय गाउँको माथिल्लो र जंगलको तल्लो भागमा पर्छ।

वडा अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार अज्ञात व्यक्ति वा समूहबाट भएको आगलागीबाट विद्यालयमा थू क्षति भएको छ। आगलागीमा संलग्नको खोजी थालिएको उनले बताए। उनले प्रहरीलाई दोषी पत्ता लगाई कानुनी कारवाही गर्न निर्देशन गरिएको बताए । गाउँपालिकाको बैठकद्वारा उक्त घटनाको छानबिन गर्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए।

उनले अघिल्लो वर्ष पनि उक्त वडाको काउलाबोट विद्यालयमा पनि आगलागी गराइएको जानकारी दिए। आगलागीबाट विद्यालयका महत्त्वपूर्ण सामानमा क्षति पुगेको थियो भने त्यस घटना लगत्तै कम्प्युटर समेत चोरी भएको थियो।

प्रकाशित : पुस १७, २०७९ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×