१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लुम्बिनीमा आज मुख्यमन्त्रीसहित सरकार गठनको दाबी पेस गर्दै सत्ता गठबन्धन

एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने र साना दलसित प्याकेजमा सहमति गर्ने समझदारी
अमृता अनमोल

बुटवल — एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने र साना दलसित प्याकेजमा सहमति गर्ने समझदारी भएपछि लुम्बिनी प्रदेशका सत्ता गठबन्धन दलहरूले बुधबार मुख्यमन्त्रीसहित सरकार गठनको दाबी पेस गर्ने भएका छन् ।

लुम्बिनीमा आज मुख्यमन्त्रीसहित सरकार गठनको दाबी पेस गर्दै सत्ता गठबन्धन

दिउँसो १ बजेअघि नै बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्ने मुख्यमन्त्रीका दाबेदार एवं एमाले संसदीय दलका नेता लीला गिरीले बताए । माओवादी केन्द्रले आलोपालो मुख्यमन्त्री बन्नुपर्ने र साना दलहरूले दाबी पेस गर्नुअघि नै प्याकेजमा मन्त्रालय र संसदीय समितिका सभापतिको भागबन्ढा टुंगाउनुपर्ने दाबी गरेपछि मंगलबार दाबी पेस गर्ने कार्यक्रम रोकिएको थियो ।

अब लुम्बिनी प्रदेशमा साढे २ वर्ष एमाले संसदीय दलका नेता लीला गिरी र अर्को साढे २ वर्ष माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै मन्त्री र संसदीय दलका भागबन्डा टुंगाइनेछ । सरकार गठनको दाबी पेश गर्नुअघि नै प्याकेजमा सहमति गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टी सोमबार दाङमा बसेको सर्वदलीय बैठकमा समेत सहभागी भएको थिएन ।

सभामुख पाएको माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र ३ मन्त्रालयको दाबी गरेको छ । माओवादी सांसद तुलाराम घर्तीमगरले केन्द्रले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गरिसकेकाले आफूहरू हस्ताक्षर संकलनमा लागेको बताए ।

प्रदेशमा माओवादी केन्द्रका ९ सांसद छन् । चुनावमा बागी उठेर जितेका ३ मध्ये एक जना माओवादीमै फर्केका छन् भने अन्य २ जनालाई पनि फर्काउने माओवादीले तयारी थालेको छ । ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छ‚ जसमा एमालेका २९, माओवादी केन्द्रका ९ र राप्रपाका र नागरिक उन्मुक्तिका ४-४, जनमत र जसपाका ३ –३ जना गरी गठबन्धनमा ५२ सांसद छन् । उनीहरूले पनि सरकारलाई समर्थन गर्ने बताइसकेका छन् ।

प्रकाशित : पुस २७, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?