बैंकिङ कसुरमा पक्राउ

कमल पन्थी

बर्दिया — उच्च अदालत पाटनको ०७६ साल फागुन १२ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा फरार रहेका राजापुर नगरपालिका—८ का धर्मराज जैसीलाई प्रहरीले पक्राउ गरेको छ ।

१२ लाख ९९ हजार ७ सय जरिवाना सजाय तोकिएका जैसीलाई इलाका प्रहरी कार्यालय, पाताभारले मंगलबार बेलुका पक्राउ गरेको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए ।

लुकीछिपी अवस्थामा बसेका जैसीलाई अदालतको आदेशले कारागार चलान गरिएको उनले बताए । जरिवाना तिर्न नसक्दा जरिवाना वापत कैद भुक्तानको लागि उनलाई कारागार पठाएको बताइएको छ ।

प्रकाशित : पुस २६, २०७९ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?