रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न

तारा एयरको विमान सफल अवतरण
गगनशिला खड्का

गुल्मी — गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबारको प्रदर्शनी उडान सफल भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको विमान ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो ।

पहिलो पटक हवाईयात्रीका रुपमा गुल्मी आइपुगेका नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले विमानस्थल निर्माणमा ढिलाइ हुँदा चिल उडेका फोटोहरु खिचेर ट्रोल बनाउने व्यक्तिहरुका कारण नियमित उडान चाँडो बनाउन सम्भव भएको बताए । उनले भने, ‘यो विमानस्थल निर्माण ढिलाइ हुँदा चिलका फोटोहरु खिचेर ट्रोल बनाउनुभयो, यसले मलाई चाँडो उडानका लागि उत्साह थप्यो । ’ ज्ञवालीले विमानस्थलको अवधारणा, शिलान्यास र सम्पन्न भएर नियमिति उडानको प्रक्रियासम्मको सहयात्री बन्न पाउँदा खुसी व्यक्त गरे ।

विमानमा पहिलो यात्रीका रुपमा गुल्मी आएकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अब नियमित उडानको लागि तयारी गर्नुपर्ने बताइन् । उनले खर्च गर्ने क्षमता भएपछि नियमित उडान हुने तर सुविधाका लागि भन्दा पनि बिरामी हुँदाका लागि उडान हुनुपर्ने बताइन् ।

प्रकाशित : पुस २४, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मीको मदानेमा खुकुरी प्रहारबाट किशोर घाइते

गगनशिला खड्का

गुल्मी — गुल्मीको मदाने गाउँपालिकामा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । मदाने गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय रमेश परियारको खुकुरी प्रहारबाट सोही वडाका १५ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका इन्स्पेक्टर कुशलसिंह ठकुरी जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका कुँवरको दाहिने हातको कुममा गम्भीर चोट लागेको छ । विद्यालयका साथीहरुसँग पुसे पन्ध्रको वनभोज खान गएका कुँवर र साथीहरु मिलेर वनभोज गएका परियारबीच पुर्कोट दहको कङकेदेउरालीमा भेट भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्कोटदहमा राखेको छ भने घाइते कुँवरको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने परियार नेपाली कांग्रेस मदाने वडा नं. ६ का सचिव भएको खुलेको छ ।

प्रकाशित : पुस १६, २०७९ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×