७७ वर्षीय पतिको हत्या आरोपमा महिला पक्राउ

वीरेन्द्र केसी

अर्घाखाँची — छत्रदेव गाउँपालिका-१ चिदिका तुमचौरकी लक्ष्मी नेपाली ७७ वर्षीय पति बलबहादुर सार्कीको हत्या आरोपमा पक्राउ परेकी छन् । शनिबार साँझ दम्पतीबीच घरायसी झगडा भएको स्थानीयहरूले बताएका छन् ।

७७ वर्षीय पतिको हत्या आरोपमा महिला पक्राउ

बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र त्यसपछि रिसको झोंकमा श्रीमतिले कम्मरमा बाँधेको पटुकी फुकालेर श्रीमानको घाँटीमा बाँधेर घरको दलिनमा झुण्डाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेका अनुसार पतिको मृत्यु भएपछि लक्ष्मीले पासोबाट शव निकालेर भुइँमा राखी पटुकी झिकेर आफ्नै कम्मरमा बाँधेको अनुसन्धानमा खुलेको छ ।

साथै उनले हत्यापछि श्रीमानले कुटपिट गरेको भन्दै होहल्ला गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । झगडा हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए । घटनाको अनुसन्धान गर्दा श्रीमतिले हत्या गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?