कोहलपुरको गेस्ट हाउसमा युवक मृत भेटिए

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरस्थित गेस्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नं ११ बसपार्क पछाडि रहेको होटेल पूर्वपश्चिम गेस्ट हाउसमा विशाल सिंह मृत अवस्थामा फेला परेका हुन् ।

कोहलपुर नगरपालिका वडा नं ६ घर भएका विशाल सिंह नामका युवकले सोमबार राति बर्थडे मनाउन होटेल पूर्वपश्चिम गेस्ट हाउसमा कोठा लिएर बसेका थिए । उनी मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनका साथी विजय कुमार सिंह सँगै हिँडेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मृतकसँगै आएका विजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पूर्वपश्चिम होटेलमा कोठा लिएर बसेका थिए । रक्सीकै कारण निजको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरे पनि थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकसँगै बसेका अन्य तीन जनामाथि अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए ।

प्रकाशित : मंसिर २१, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

कोका-कोलाको सहयोगमा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कान्तिपुर संवाददाता

काठमाडौँ — कोका-कोला फाउन्डेसनको आर्थिक सहयोगमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । अस्पतालको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरिएको छ ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सक्ने, प्लान्टले प्रतिसेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सक्ने काेका-काेला फाउन्डेसनले जनाएको छ । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईंले कोभिड महामारीले अकस्मात् आईपर्न सक्ने विपत्तिबाट बच्न तयारी अवस्थामा रहनुपर्छ भन्ने सन्देश छाडेको बताइन् । सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ ।



प्रकाशित : मंसिर २१, २०७९ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×