कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

फुटपाथ अतिक्रमण हटाउन सिद्धार्थनगरमा प्रहरी परिचालन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ । 

फुटपाथ अतक्रिमणले नगर कुरुप भएको र सर्वसाधारणलाई हिंड्डुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो । सडक फुटपाथ अतिक्रमण हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । 

फुटपाथ अतिक्रमण हटाउन सिद्धार्थनगरमा प्रहरी परिचालन

पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिएको छ ।‘फुटपाथ अतिक्रमण गरेकाहरुलाई पहिलो पटकका लागि सचेत गराउँदैछौं,’ नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौं ।’

नियन्त्रणमा लिएको साम्रगी व्यवसायीले लिन आएमा सम्बन्धित व्यवसायको कागजी विवरणसमेत क्रसचेक गर्ने गरेको उनले बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कागजपत्रमा कैफियत देखिएको अवस्थामा कानुनबमोजिम कारबाही प्रक्रियामा लगिने बताए ।

व्यवसायसम्बन्धी सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमणपछि नियन्त्रणमा लिइएको साम्रगी सचेत गराएर फिर्ता दिने गरिएको उनको भनाइ छ । उनकाअनुसार फुटपाथ अतिक्रमण हटाउने अभियानमा तीन दिनमा करिब ६० हजार रुपैयाँ राजस्वसमेत संकलन भएको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?