२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लागूऔषधसहित सीमा क्षेत्रबाट दुई जना पक्राउ

कमल पन्थी

बर्दिया — नेपाल-भारत सीमामा तैनाथ सशस्त्र प्रहरी बल फुटाहा पोष्टले १४ ग्राम ६ सय ३० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिकाको नेपाल-भारत सीमा फुटाहा पोष्टले उनीहरूलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल फुटाहाका सशस्त्र सहायक निरीक्षक दुर्गा ढुंगानाको कमाण्डमा खटिएको टोलीले एक महिलासहित दुई जनालाई जाँच गर्दा उनीहरूबाट उक्त मात्रामा ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका - २ बस्ने दीपेन्द्र बुढा र सोही नगरपालिका- ९ लाटीकोइलीकी २२ वर्षीया कृपा बोहोरा रहेको सशस्त्र सहायक निरीक्षक ढुंगानाले जनाए ।

भारतको बलैगाउँ हुँदै फुटाहा आइरहेको भे ५ प ६२०२ नम्बरको मोटसाइकल जाँच गर्दा लागूऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलले २ हजार ७ सय ६० रुपैयाँ नगद र दुई थान मोबाइल पनि उनीहरूबाट बरामद गरेको छ । बरामद गरेको लागूऔषध, मोटरसाइल, मोबाइल र नगद रकमसहित उनीहरूलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय, मैनापोखर पठाएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?