कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिन अभिलेख संकलन

सन्जु पौडेल

बुटवल — बुटवल उपमहानगरपालिकामा अव्यवस्थित बसोबास गरिरहेका मानिसले बसोबासको प्रमाणपत्र पाउने भएका छन् । पालिकाले त्यसका लागि अव्यवस्थित बसोबासीको अभिलेख राख्न थालेको छ ।

बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिन अभिलेख संकलन

बुटवलका १९ वटै वडामा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई दाबी विरोध र गुनासो को आधारमा १५ दिनभित्र कागजातसहित दाबी विरोध गर्न उपमहानगरपालिकाले आह्वान समेत गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

उनले १५ दिनभित्र कुनै दाबी विरोध नआएमा सोहीअनुसार बसोबासको प्रमाण पत्र वितरण गरिने बताए । लामो समयदेखि भोगचलन गर्दै आएका र तत्काल लालपूर्जा पाउने प्रक्रियामा जान नसकेका बासिन्दाको अभिलेख राख्न पालिका अघि बढ्दैछ, उनले भने, त्यसपश्चात सो क्षेत्रको जग्गा किनबेचमा समेत रोक लगाइनेछ ।

बुटवलभित्र १६ हजार ५ सय २१ घरपरिवार अव्यवस्थित रुपमा बसोबास गर्दै आएको तथ्यांक संकलनपछि सार्वजनिक क्षेत्र अतिक्रमण रोक्न र अवैध रुपमा भइरहेको किनबेच रोक्ने पालीकाको उद्धेश्य रहेको उनको भनाइ छ ।

भूमिसम्बन्धी ऐनले स्थानीय तहलाई दिएको वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने, पहिचान गर्ने र प्रमाणिकरण गर्न सक्ने अधिकारबमोजिम नै लगत संकलन र पहिचान गर्ने काम गर्न लागिएको पन्थीले बताए ।

‘स्थानीय सरकारका रुपमा आफ्नो सीमानाभित्र को कस्तो अवस्थामा बसिरहेको छ भन्ने अभिलेख राख्ने र त्यसरी बसिरहेकोमध्ये लालपूर्जाविहीन परिवारलाई बसोबासको प्रमाणपत्र दिन लागिएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर २१, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?