कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी संवाद सुरु

सन्जु पौडेल

तिलोत्तमा — पालिकाहरुको दिगो आर्थिक विकास गर्ने उद्देश्यले रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी संवाद सुुरु भएको छ । स्थानीय तहको आवश्यकता, आर्थिक विकासका सम्भावना र विभिन्न कार्यविधिमा आधारित रहेर संवाद सुुरु गरिएको हो ।

लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी संवाद सुरु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना, जीआईजेट तथा एलपीआईडीको प्राविधिक सहयोगमा लुम्बिनीमा आयोजित दुुई दिने संवादमा लुम्बिनी प्रदेशका २० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । आइतबारदेखि सुुरु भएको पहिलो सत्रमा रुपन्देहीका उद्योगी व्यवसायीसँग पनि आर्थिक विकासबारे अनुुभव आदानप्रदान गरिएको मन्त्रालयका उपसचिव एवम् कार्यक्रम संयोजक राजेश गौतमले जानकारी दिए ।

छलफलमा भाग लिँदै लुुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले एक अर्काे पालिकाले आर्थिक विकासमा गरेको अभ्यासलाई आदानप्रदान गरी स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै आर्थिक वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तह बलियो भए त्यसको प्रत्यक्ष फाइदा नागरिकले लिन पाउने भएकाले सबैको सहकार्यमा स्रोत वृद्धितिर लाग्नुुपर्ने बताए ।

उनले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै स्थानीय रुपमा आर्थिक गतिविधि बढाउन सकिने बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले हरेक पालिकाले आफ्नो क्षेत्रमा रहेका स्थानीय उत्पादन र पर्यटकीय स्थलहरुलाई प्रबद्र्धन गरेर त्यसबाट लाभ लिनुपर्ने बताए । पर्यटन व्यवसायी लिलामणि पौडेलले स्थानीय तहहरुमा धेरै सम्भावना हुँदा समेत त्यसको सही सदुपयोग नहुँदा आर्थिक विकासका क्षेत्रले फड्को मार्न नसकेको बताए ।


प्रकाशित : मंसिर १८, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?