कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा बसको ठक्करबाट बालकको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मझुवामा आइतबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहान खत्री रहेका छन् ।

दुर्घटनापछि सख्त घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु १ क १५७९ नम्बरको बसले आइतबार बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो ।

बससहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?