कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा एक महिला कोठामा मृत भेटिएपछि मृतकका परिवारले दाइजोको नाममा हत्या गरेको भन्दै प्रदर्शन गरेका छन् । गत कात्तिक १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाकी अफसरुल खान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको भन्दै उक्त घटनाबारे अनुसन्धान गर्न मृतकका आफन्तले माग गरेका हुन् ।

दाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन

खान काखमा रहेको ९ महिनाको छोरोलाई बाहिर राखेर आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उक्त घटनालाई लिएर बुधबार पीडित परिवारको पक्षमा महिला अधिकार्मी सडकमा उत्रिएका छन् ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर निष्पक्ष छानबिनको माग गरेका हुन् । प्रदर्शनमा सहभागी नेतृ बिन्दु चर्ती मगरले दाइजोको नाममा एउटी महिलामाथि निर्मम रुपमा हत्या गरिएको भन्दै प्रहरीले यसमा छानबिन गर्नुपर्ने बताइन् ।

छोरीको हत्या गरिएको र त्यसलाई प्रहरीले आत्महत्या भन्दै घटनाको अनुसन्धान नगरेको पीडित परिवारको आरोप छ । मृतकका बुवा मो. वाहव खानले प्रहरीले हत्याको मुद्दामा घटनाको अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीका अनुसार मेडिकल रिपोर्टमा आत्महत्या देखिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा पनि यो आत्महत्या भएको देखिएको बताइएको छ । यद्यपि प्रहरीले मृतकका पति र जेठाजुलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाएको बताइएको छ । पीडित पक्षले भने हत्या नै गरेको आरोप लगाउँदै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?