कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका—७ कर्णालीपुरस्थित लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनहरुलाई पक्राउ गरिएको हो ।

सीमावर्ती भारतबाट लुकाइछिपाइ ल्याएको ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मधुवन नगरपालिका—८ का गणेश चौधरी र कृष्ण थारुलाई जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी हिक्मतबहादुर बोहोराले जनाए । उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध कारोबारमा मुद्दा चलाइएको डीएसपी बोहोराले बताए ।

प्रकाशित : मंसिर १३, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?