१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नेपालगन्जमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमबीच सोमबार उक्त केन्द्रको उद्घाटन गरियो ।

नेपालगन्जमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्दको उद्घाटन गर्दै नगरप्रमुख प्रशान्त विष्टले अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै तदारुकता साथ काम गरेर सञ्चालनमा ल्याइएको बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमा अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।

फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जीआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको हो। नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माण गरेको हो । संरचना निर्माणमा ४६ लाख लागत लागेको डिसीले सुनाए ।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि 'स्वच्छ नेपाल हाम्रो अभियान' नामक संस्थालाई दिइएको छ । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर अब यही व्यवस्थापन हुनेछ ।

प्रकाशित : मंसिर १२, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?