कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्तसहित सरकारमा जान सक्छौं : लालवीर चौधरी

कमल पन्थी

बर्दिया — नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सल्लाहकार एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवीर चौधरीले सरकारमा जानका लागि सर्तहरू राखेका छन् । उनी स्वतन्त्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

सर्तसहित सरकारमा जान सक्छौं : लालवीर चौधरी

उनले रेशम चौधरीलगायत सात जना राजबन्दीलाई रिहाइ गर्नुपर्ने आफूहरूको पहिलो सर्त रहेको बताए । यसबाहेक पहिचानका मुद्दासहितका सर्तहरू सरकारले पालना गरे मन्त्रीमण्डलमा सहभागी हुन सकिने उनले बताएका छन् । कान्तिपुरसित संक्षिप्त कुरा गर्दै उनले समानुपातिको गणना सकिएपछि बैठक बस्ने र त्यसबारे निर्णय गरिने बताए । उनी रेशमलाल चौधरीका बुबा हुन् । उनले गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा कैलालीबाट तीन जना प्रतिनिधिसभामा निर्वाचित भएका छन् । बर्दियामा रहेका दुई निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभामा दुई जना सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १२, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?