चोरी मुद्दाका दोषी २७ वर्षपछि पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार

चोरी मुद्दाका दोषी २७ वर्षपछि पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — जिल्ला अदालत रुपन्देहीबाट दोषी ठहर भएका चोरी मुद्दाका अभियुक्त २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।


२७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ बस्ने ४९ वर्षीय पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउपछि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

त्यस्तै, सवारी ज्यान मुद्दामा कैद ठहर भई ९ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई ९ वर्षदेखि लुकिछिपी बसिरहेका सीताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

लापरबाही गरी ट्याक्टर चलाउँदा मानिसको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।

०७३ सालमा सैनामैना नगरपालिकाको बाासगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ को फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाा जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी- ६ हालको सैनामैना नगरपालिका–११ बस्ने ३३ वर्षीय हिरा भनिने मोहनलाल थारु पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो ।

प्रकाशित : मंसिर १०, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

४ महिनामा सीमाबाट ७७ जना फर्काइए

शंकर आचार्य

पर्सा — मानव बेचबिखन विरुद्ध कार्यरत वीरगन्जका २ संस्थाले ४ महिनाको अवधिमा ७७ जना किशोरी तथा युवतीहरूलाई सीमाबाट फिर्ता गरेका छन् ।

माइती नेपाल वीरगन्ज आवधिक गृह र आफन्त नेपाल वीरगन्ज शाखाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा वीरगन्ज नाकाबाट ४३ चेलीबेटीलाई सीमाबाट फर्काएका हुन् । असुरक्षित रुपमा भारत गई बेचबिखनको जोखिममा पर्न लागेका उनीहरुलाई दुवै संस्थाका सीमा पहरेदारले भारत जानबाट सीमामै रोकेका हुन् ।

माइती नेपाल आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार यस अवधिमा सीमाबाट ४३ र भारतबाट ८ महिला तथा बालबालिकालाई उद्धार गरी स्वदेश फर्काइएको छ । भारतबाट उद्धार गरी ल्याइएका ८ जनामध्ये १ बालक र आर्केष्ट्राबाट ४ महिलाको उद्धार गरिएको हो । अन्य ३ भने भारतीयसंग प्रेम विवाह गरी भारत गएकोमा उनीहरुको अभिभावकको उजुरी पछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरी ल्याइएको हो ।

सीमाबाट फिर्ता गरिएका मध्ये १८ बर्ष मुनिका १० जना र माथिका ३३ जना छन् । उनीहरु मध्ये अधिकांश बाराका ५ ,पर्साका र मकवानपुरका ४/४, तनहु र चितवनका ३/३, सर्लाही,काठमाडौं, सिन्धुपाल्चोकका २/२ र पाल्पा, सप्तरी, गोर्खा, दोलखा, रौतहट, धनुषा, सिराहा,धादिङ,गुल्मी,नुवाकोट,काभ्रे,सिन्धुली,स्याङ्गजा,बाग्लुङ,रामेछाप,बर्दिया,मोरङ,भक्तपुरका १/१ जना छन् ।

त्यसैगरी, आफन्त नेपाल वीरगन्ज शाखाकी प्रमुख तारा सापकोटाका अनुसार, ४ महिनाको अवधिमा यहास्थित नेपाल भारत सीमामा ३४ चेलीबेटीलाई असुरक्षित रुपमा भारत जान लाग्दा रोकेर फकाई परीवारमै पुर्नस्थापित गरिएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×