कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूपन्देही-२ (१) बाट एमालेका लिला गिरी विजयी

अमृता अनमोल

बुटवल — रूपन्देही क्षेत्र नम्बर २ (१) बाट लिला गिरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । गिरीले १७ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । 

रूपन्देही-२ (१) बाट एमालेका लिला गिरी विजयी

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।

विजयी गिरी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । यसअघि यही क्षेत्रबाट निर्वाचित गिरी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?