पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी

पाल्पा — पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (१) मा नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी भएका छन् । निस्दी गाउँपालिका–१, बाँकामलाङमा मतगणना हुँदादेखि नै श्रेष्ठ अग्रस्थानमा थिए । रामपुर नगरपालिकामा २०७४ सालमा नगरप्रमुख पदमा पराजित भएका श्रेष्ठले यसपटक प्रदेशसभा टिकट पाएका थिए ।

श्रेष्ठको निस्दीका सात वडा र रामपुरका १० वडा साथै पूर्वखोला गाउँपालिकाको सिलुवा र रिङनेरह पर्छ । निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार ५ हजार ३ सय ९० मतान्तरले श्रेष्ठ विजयी भएका हुन् ।
प्राप्त मत परिणामअनुसार श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत ल्याए । श्रेष्ठलाई सुरुदेखिको अग्रताले विजयी बनाएको हो ।
प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन् ।
प्रकाशित : मंसिर ८, २०७९ ०३:५७