कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाल्पा २ (१) मा कांग्रेसका राना विजयी 

माधव अर्याल

पाल्पा — पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (१) मा नेपाली कांग्रेसका वीरबहादुर राना विजयी भएका छन् । बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा मतगणना हुँदा देखि नै राना अग्रस्थानमा थिए ।

पाल्पा २ (१) मा कांग्रेसका राना विजयी 

मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार १६ हजार ३९ मत प्राप्त गरेर विजयी भएका हुन् ।

प्राप्त मत परिणामअनुसार रानाले २ हजार ७५ मतान्तरमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याए । राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत हुन् । रानाको बगनासकालीका नौ वडा र तानसेनका १३ वडा साथै माथागढी गाउँपालिकाको चिदिपानी हो ।

मन्त्री रानालाई सुरुदेखिको अग्रताले विजयी बनाएको हो । राना नेपाली कांग्रेस पाल्पाको २०६७ सालदेखि दुई कार्यकाल पार्टी सभापति थिए । पाल्पाको वगनासकाली–७, खानीगाउँमा जन्मिएका राना२०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा प्रतिनिधिसभामा तत्कालिन क्षेत्र नम्बर २ झिनो मतबाट उपविजेता थिए । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश समानुपातिक सांसद बनेका थिए ।

प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?