पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्यो ,गणना आजै- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्यो ,गणना आजै

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा ७२ प्रतिसत मत खसेको छ । जिल्लाका २ सय ८७ वटा मतदान केन्द्रमा भएको चुनावमा ७२ प्रतिसत मत खसेको हो । अहिले मतपेटिका संकलनको काम भईरहेको र आजै बाट मतगणना गर्ने तयारी भैरहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।


जिल्लामा दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ को बर्दघाट नगरपालिकाको सभाहल र क्षेत्र नम्बर २ को रामग्राम नगरपालिकाको भवनमा मतगणना हुनेछ । त्यसका लागि तारजाली र सिसिटिभी सहितको गणना स्थल तयार अवस्थामा रहेको छ । जिल्लामा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । जिल्लामा २ लाख ४० हजार मतदाता थिए ।

प्रकाशित : मंसिर ४, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीमा ६५ प्रतिशत मत खस्यो, पेटिका गणनास्थल पुर्‍याइँदै

सुनिता बराल

महोत्तरी — महोत्तरीमा मतपेटिका मतदान केन्द्रबाट मतगणनास्थल ल्याउन सुरु भएको छ । महोत्तरीमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका निर्वाचन कार्यालय प्रमुख सुबोध महतोले जानकारी दिए ।

महोत्तरीमा शान्तिपुर्ण मतदान सप्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९ बजे रातिसम्म सबै केन्द्रका मतपेटिका गणना स्थलमा पुगिसक्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए । सर्वदलीय बैठकबाट सहमति भए आजै रातिदेखि वा सोमबार बिहानदेखि मतगणना सुरु हुने पहाडीले बताए । महोत्तरीमा ७० प्रतिशत मत खस्ने अपेक्षा निर्वाचन कार्यालयले गरेको थियो ।


प्रकाशित : मंसिर ४, २०७९ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×