२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मतदानपछि एमाले उपाध्यक्ष पौडेलले भने- 'देश अब अग्रगमन र विकासतर्फ अघि बढ्छ'

अमृता अनमोल

बुटवल — पूर्वअर्थमन्त्री  तथा  एमाले  उपध्यक्ष विष्णु पौडेलले मतदान  गरेका छन्  । रुपन्देहीको  बुटवल  उपनगरपालिका ८ को सडक डिभिजन  मतदान स्थलबाट बिहान साढे १० बजे मतदान  गरेका हुन् ।

मतदानपछि एमाले उपाध्यक्ष पौडेलले भने- 'देश अब अग्रगमन र विकासतर्फ अघि बढ्छ'

उनी रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतनिधिसभामा उम्मेदवार हुन् । मतदान पछि बोल्दै नेता पौडेलले स्थायी राजनीति लोकतन्त्र र विकासका लागि यो निर्वाचन महत्वपूर्ण रहेको बताए । उनले देशभरमा एमालेको पक्षमा उत्साहजनक लहर रहेको बताउँदै एमालेको पक्षमा जनमत बढिरहेको बताए । उनले अब देश अग्रगमन र विकासतिर अगाडि बढ्ने बताए । सबै मतदातालाई निर्भयसाथ मतदानमा सहभागी हुन र असल उम्मेदवार छनौट गर्न पौडेलले आग्रह गरे ।

प्रकाशित : मंसिर ४, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?