मतदान केन्द्रमा सर्वदलीय बैठक

माधव अर्याल

पाल्पा — पाल्पालमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्वदलीय बैठक बसिरहेको छ । उनीहरूले मतदानस्थल वरपरको चौकिल्ला तोक्ने कामसमेत गरेका छन् । 

मतदान केन्द्रमा सर्वदलीय बैठक

बिहीबार मतदानका लागि आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पुगेका थिए । सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा १ सय १८ मतदानस्थल छन् । २ सय ४६ केन्द्र तोकिएको छ । ‘सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगिसकेका छन्,’ जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले भने, ‘मतदान केन्द्रमा पुगेर कर्मचारीले सर्वदलीय बैठक बोलाउने, चारकिल्ला तोक्नेलगायत आवश्यक काम थालिसकेका छन् ।’

मतदानका लागि मतपत्रलगायत सम्पूर्ण सामग्री लिएर कर्मचारी टोली सुरक्षित रूपमा मतदान केन्द्र पुगेको उनले बताए । जिल्ला सुरक्षा समितिले मंगलबारदेखि नै जिल्लाभर मदिरा बेचबिखनमा रोक लगाइसकेको छ । ‘जिल्लाभरको अवस्था सबै सामान्य छ,’ प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले भने, ‘सम्बन्धित केन्द्रमा कर्मचारी पुगेर पनि आवश्यक बन्दोबस्त गरी अब भनेको मतदाता पर्खिरहेका छन् ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि ५ कात्तिक ३० गतेदेखि कर्मचारी खटाउन थालेको थियो । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले क्षेत्र १ र २ का सबै मतदान केन्द्र र स्थलमा कर्मचारी, सुरक्षाकर्मी पुगेको बताए । २ प्रतिनिधि तथा ४ प्रदेशसभा सदस्यतर्फका निर्वाचन क्षेत्र रहेको छ ।

प्रकाशित : मंसिर २, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?