सिनियर गेमस्काउट निलम्बित

कान्तिपुर संवाददाता

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको पुरानो कार्यालयमा राखिएको स्टोरबाट गैंडाको खाग र बाघका दाह्रा गायब भएको पाइएपछि जिन्सी फाँटका सिनियर गेमस्काउट सुभास थारुलाई निलम्बन गरिएको छ । थारुलाई सोमबार निलम्बन गरी कारबाही चलाएको बर्दिया राट्रिय निकुञ्जका प्रमुख अशोककुमार भण्डारीले बताए ।

जिन्सी शाखाको सामान अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघका २५ वटा दाह्रा गायब भएको पाइएको हो । गत साउन २२ अघिको घटना भएको विभागलाई निकुञ्जले जानकारी गराएको छ । नायब सुब्बा नभएकालेआखेटोपहारको जिम्मा थारुलाई दिइएको थियो ।

वन्यजन्तुका अंग बेचिएको हुन सक्ने आशंकामा कर्मचारीको वित्तीय विवरण लिन छानबिन समितिले राष्ट्र बैंकलाई पत्र काटेको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?