२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

१ सय ३१ क्षेत्रमा गठबन्धनले जित्ने गोप्य अध्ययनले देखाएको छ : गृहमन्त्री

२३ सिटमा प्रतिश्पर्धा तर, एमाले २१ सिटमा मात्रै अगाडि रहेकोे दाबी
अमृता अनमोल

बुटवल — ­गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १ सय ३१ सिट जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

१ सय ३१ क्षेत्रमा गठबन्धनले जित्ने गोप्य अध्ययनले देखाएको छ : गृहमन्त्री

नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले सत्ता पक्ष र विपक्ष गठबन्धन गरेर निर्वाचनमा होमिएका बेला प्रारम्भीक प्रक्षेपणका लागि गोप्य तर, निकै भरपर्दो माध्ययमबाट अध्ययन गरिएको बताए । उनले २३ क्षेत्रमा पनि प्रतिस्पर्धामा गठबन्धन भएकाले केही मेहनत गरे जितिने जिकिर गरे ।

गृहमन्त्री खाँणले प्रतिस्पर्धी दल एमाले भने २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि रहेको उनले दाबी गरे । ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ । थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रुपमा गठबन्धन देखा परेको छ।’ उनले भने, ‘तर यसअघिको ठूलो दल एमाले २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि छ ।’

एमाले अग्रगामी पार्टी भए पनि पश्चगमनको साथ लाग्दा उसलाई घाटा लागेको उनले बताए । गृहमन्त्री खाँणले गठबन्धन आगामी ५ वर्षसम्म टिक्ने भन्दै अबको ५ वर्ष विकास के हुन्छ भनेर देखाउने बताए ।

‘व्यवस्था फेरियो तर, नागरिकको अवस्था फेरिएन । अबको ५ वर्ष हामी नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने छौं।’ रुपन्देही ३ का उम्मेदवारसमेत रहेका खाँणले अबको विकास मानवीय र सामाजिक विकासमा केन्द्रित हुने पनि बताए ।

प्रकाशित : कार्तिक २६, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?