कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चुनावपछि गठबन्धन छिन्नभिन्न हुन्छ : रायमाझी

वीरेन्द्र केसी

अर्घाखाँची — एमाले केन्द्रीय सचिव एवं अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धनका दलहरु छिन्नभिन्न भएर सकिने बताएका छन् । एमालेलाई हराउन एक भएका ५ दलभित्रै तीव्र असन्तुष्टि र एजेन्डा नभएकोले चुनावमा एमालेले बहुमत ल्याउने र चुनावपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । 

चुनावपछि गठबन्धन छिन्नभिन्न हुन्छ : रायमाझी

'गठबन्धन त लक्ष्य, उदेश्यविहीन छ, उसको एउटै एजेन्डा छ जसरी हुन्छ एमाले हराउने,' सोमबार सन्धिखर्कमा पत्रकार भेटघाटमा उनले भने, 'ओली नेतृत्वको सरकारले गरेको विकासका काम देखेर सबै अत्तालिए । चुनावपछि गठबन्धन भित्रका सबै दलहरू छिन्नभिन्न भएर सकिन्छन् ।'

उनले गठबन्धनको अस्तित्त्व नै संकटमा रहेको बताए । चुनावपछि मुलुकमा दुई ध्रुवको राजनीतिक वातावरण बन्ने उनको दाबी छ । पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने र समाजवादीको नेतृत्व एमालेले गर्ने उनले बताए । एमाले नेतृत्वको सरकारले देशको विकास गर्ने उनले बताए ।

प्रकाशित : कार्तिक २१, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?