कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दाङमा दुई किशोरकिशोरी मृत भेटिए

दुर्गालाल केसी

दाङ — दाङमा जंगलमा गाडिएको अवस्थामा दुई किशोरकिशोरीको शव फेला परेको छ । तुलसीपुर उपहानगरपालिका १३ दमारगाउँस्थित जंगलमा स्थानीय १५ बर्षीय शरद आचार्य र १४ वर्षीया रोशनी महतारा जंगलमा गाडिएको अवस्थामा आइतबार फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।

असोज २७ गते साँझ घरबाटै हराएका किशोरकिशोरीको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको उनले जनाए ।

मृतकको शरीरमा चोटपटक रहेको र घटना शंकास्पद रहेको गौतमले बताए । घटना अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर सहितको टोली मगाएको र जिल्लामा प्रहरी अनुसन्धानमा जुटेको उनले बताए ।


प्रकाशित : आश्विन ३०, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?