कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध

माधव अर्याल

पाल्पा — अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौडेपुल, हिउँदेखोला, सिद्धबाबालगायत स्थानमा दर्जनभन्दा बढी पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि यातायात सेवा रातिदेखि नै अवरुद्ध भएको हो ।

पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध

राजमार्गको पिपलडाँडा क्षेत्रमा पनि माथिल्लो भागबाट खसेको लेदो माटोका कारण सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । दोभान प्रहरी चौकीका अनुसार वर्षा कमी हुनासाथ सडक डिभिजनको समन्वयमा पहिरो पन्छाइने छ ।

हिउँदेखोला, चर्चरेलगायत स्थानमा खसेको पहिरो सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि तराईका विभिन्न जिल्लामा हिँडेका र तराईबाट पहाड हिँडेको यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

पाल्पा–गुल्मी सडकअन्तर्गत सम्मोबारी लिपिन्देवीमा पहिरो खसेको छ भने ठूला सवारी साधन चल्न सकेका छैनन् । हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीका अनुसार साना सवारी साधन जेनतेन चलेपनि ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । अविरल वर्षासँगै पाल्पाका ग्रामीण भेगमा पनि सवारी साधन अवरुद्ध भएको छ ।

प्रकाशित : आश्विन २१, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?