१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

दुर्गालाल केसी

दाङ — मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खोलाले बगाएर दाङमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना भने खोलाले बगाएर बेपत्ता भएका छन् । 

खोलाले बगाएर तुलसीपुर उपमहानगरपालिका १५ का ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा बुधबार खैरेनी खोलाले बगाउँदा बेपत्ता भएका डाँगी बिहीबार मृत फेला परेका हुन् ।

यसैगरी, गुर्जे खोलाले बगाउँदा घोराही उपमहानगरपालिका १० निवासी ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएका छन् । गुर्जे खोला तर्ने क्रममा बुधबार बेपत्ता भएका चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।

प्रकाशित : आश्विन २०, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?