३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खोलाले बगाउँदा दुई दिनदेखि बालक बेपत्ता

वीरेन्द्र केसी

अर्घाखाँची — दसैंको टिका लगाउन मामाघर हिँडेका १० वर्षीय बालकलाई खोलाले बगाउँदा दुई दिनदेखि बेपत्ता छन् । सन्धिखर्क नगरपालिका- ७ खाँचीकोट किटेनीका निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फज्याङ खोलाले बुधबार बगाएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । धमिलो बाढीसहितको खोला तर्दै गर्दा बगाएको आमा तारा पौडेलले जानकारी दिइन् । 

पौडेल एक छोरा र एक छोरी लिएर दसैं मनाउन भुमिकास्थान नगरपालिका– ७ स्थित चिदिचौरमा मामाघर जाने क्रममा खोला तर्न खोज्दा समीरलाई बगाएको हो । बच्चालाई खोलाले बगाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । बुधबार दिउँसोबाट प्रहरीले बेपत्ता बालकलाई खोजिरहेको छ ।

दुई दिनदेखि लगातार खोलामा खोज्दा समेत केही फेला पर्न नसकेको प्रहरी निरीक्षक पौडेलले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण धमिलो खोला भएकाले खोजीकार्य गर्न निकै सकस परिरहेको उनले बताए ।

प्रकाशित : आश्विन २०, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?