३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोर्तेमा पहिरो खस्दा पाल्पा-गुल्मी सडक अवरुद्ध

माधव अर्याल

पाल्पा — अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रेम कार्कीले जानकारी दिए । 

जोर्तेमा पहिरो खस्दा पाल्पा-गुल्मी सडक अवरुद्ध

जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडै खसेको भन्ने जानकारी आएको उनले बताए । सडक डिभिजनको डोजर तानसेन-रिडी सडककै सम्मोबारीमा रहेको छ । सडक डिभिजनसँग समन्वय गरेर डोजर पठाउन लागिएको उनले बताए ।

‘पहिरोको अवस्था हेरेर सडक खुल्न कम्तीमा दुई घण्टा लाग्न सक्छ,’ उनले भने । पहिरोको अवस्था बुझ्न हार्थोक र अर्गली प्रहरी चौकीमा खबर भइसकेको उनले बताए ।

सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारी साधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।

प्रकाशित : आश्विन २०, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?