१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पाल्पाको रामपुरमा निर्वाचन अधिकृतको कार्यालय

माधव अर्याल

पाल्पा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय रामपुरमा स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सदरमुकाम तानसेनमा बोर्डमात्र राखिएको छ । 

पाल्पाको रामपुरमा निर्वाचन अधिकृतको कार्यालय

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पाल्पाको दुई क्षेत्रको तानसेन र रामपुरमा कार्यालय स्थापना हुने जनाएको छ ।

असोज १५ देखि २० भित्र कार्यालय स्थापना गर्ने आयोगको कार्यक्रम छ । क्षेत्र १ का निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले मर्यादित ढंगबाट निर्वाचन सफल बनाउने बताए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामै कार्यालय स्थापना नगरी रामपुरमा स्थापना गर्नुले विकेन्द्रीकरणको नीति अवलम्बन गरेको बताए ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले आयोगको निर्देशन र आचारसंहिता पूर्ण पालनामा ध्यान दिनुपर्ने बताए । निर्वाचन अधिकृत रुक्मागत अर्यालले आचारसंहिता पूर्ण पालना गरी निर्वाचनमा अघि बढ्न आग्रह गरे ।

तानसेनमा भने शनिबार बोर्ड राखिए पनि विधिवतरुपमा कार्यालय स्थापना २० गते हुने बताइएको छ ।

प्रकाशित : आश्विन १७, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?