दाङमा डुबेर बालकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

दाङमा डुबेर बालकको मृत्यु

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा ग्वार खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निवासी १४ वर्षीय अभिसेक भुसाल छन् ।

आइतबार अपराह्न उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर भुसालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

लिड्स र भिल्लाको बराबरी

एजेन्सी

लन्डन — इंग्लिस प्रियिमर लिगमा आइतबार लिड्स युनाइटेड र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई फाइदा गर्न सकेन् । लिड्सको सात खेलबाट नौ अंक छ भने भिल्लाको आठ खेलबाट आठ अंक नै भएको छ ।

यस अगाडि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई सजिलै ६–३ ले पराजित गरेको थियो । सिटीको जितमा फिल फोडेन र इर्लिङ हल्यान्ड दुवैले ह्याट्रिक गरे ।

यो जितपछि सिटीको आठ खेलबाट २० अंक भएको छ र यो शीर्ष स्थानमा रहेको आर्सनलसँग एक अंकको दूरी हो । युनाइटेड भने सात खेलबाट १२ अंकमै सीमित रह्यो ।

प्रकाशित : आश्विन १७, २०७९ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×