कोभिड महामारीपछि भएको रामलीला हेर्न दर्शक खचाखच

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका-७ स्थित बसपार्क रोडमा दसैंको छैठौं दिन शनिबार रामलीला महोत्सव हेर्न तीन हजारभन्दा बढी दर्शक खचाखच भरिएका थिए । बेलुकी ७ बजे सुरु भई १२ बजेसम्म सञ्चालन हुने रामलीला हेर्न बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको भीड लाग्ने गरेको छ । 

कोभिड महामारीपछि भएको रामलीला हेर्न दर्शक खचाखच

तीन वर्षदेखि रामलीला महोत्सव कोरोनाका कारण रोकिएको थियो । हिन्दू नेपालीहरूको महान चाड बडादसैंको अवसरमा गुलरियामा रामलीला महोत्सव सुरु भएको छ । विजयादशमीसम्म सञ्चालन हुने रामलीला रामायणको आधारमा नाटक मञ्चन गरिएको छ ।

गुलरिया-७ मा देखाइएको रामलीला हेर्ने दर्शकको घुइँचो ।

राम विवाह, वनबास, सीता अपहरणदेखि अन्तिम दिन रावणवध गरिने रामलिला महोत्सव संरक्षक एवं वडा नम्बर ७ का वडाध्यक्ष मनोजकुमार यादवले बताए । रामलीला आयोजनाका लागि नगरपालिका, वडालगायत सर्वसाधरणको करिब ६ लाख ५० हजार रुपैयाँ लागतमा महोत्सव आयोजना गरिएको संरक्षक यादवले जनाए ।

रामलीला अवधिको समयमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जनाए । चार दशकअघि मनोरञ्जनको साधन नभएको समयमा यसले निकै महत्त्व राख्दै आएको छ । यसैबीच बर्दियामा यस वर्ष माटाका मूर्ती सजाएर बनाइएको भगवती दुर्गाको मन्दिरमा श्रद्धालुको घुइँचो उत्साहजनक रहेको छ । जिल्लाभर हजारभन्दा बढी यस्ता मन्दिरमा पूजा आराधाना भइरहेको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?