तिहारसम्म अनिवार्य ‘टाइम कार्ड’

नवीन पौडेल

परासी — पूर्वी नवलपरासीमा सञ्चालन हुने सवारीलाई ‘टाइम कार्ड’ लागू गरिएको छ । नारायगढबाट कावासोतीसम्म सञ्चालन हुने सवारी साधनलाई निश्चित समय तोकिएको हो ।

तिहारसम्म अनिवार्य ‘टाइम कार्ड’

जिल्ला प्रहरी कार्यालयले नारायणगढदेखि कावासोतीसम्म ३३ किलोमिटर दूरीका लागि १ घण्टा १५ मिनेट समय दिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले बताए ।

चाडपर्वको समयमा दुर्घटनाको जोखिम कम गर्न समयसीमा निर्धारण गरिएको र प्रशासनको निर्देशन अटेरी गर्नेलाई कारबाही गर्ने प्रशासनले जनाएको छ । बुटवल-नारायणगढ सडक विस्तारको काम भैरहेकाले खाडल र धुलोले यस क्षेत्रमा दुर्घटनाको जोखिम बढाएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?