१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

छोराको हत्या गर्ने बाबु पक्राउ

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका—११ विजयनगरमा बुधबार राति छोराको हत्या गरी फरार रहेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४५ वर्षीय लौरंगलाल थारुले मदिरा सेवन गरी २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

छोराको हत्या गर्ने बाबु पक्राउ

पेटमा चोट लागेर गम्भीर घाइते भएका विवेकको उपचारका लागि गुलरिया ल्याउँदा बाटोमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले हत्याका आरोपी थारुलाई गुलरिया नगरपालिका– ११ इन्द्रपुरबाट पक्राउ गरिएको बताए ।

सामान्य विवादमा आवेशमा आएर बाबुले छोराको हत्या गरेका थिए ।

प्रकाशित : आश्विन १५, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?