प्रदेश सांसदलाई सम्मान- लुम्बिनी - कान्तिपुर समाचार

प्रदेश सांसदलाई सम्मान

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशका सांसदहरूलाई शुक्रबार सम्मान गरिएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकास्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माण गरिएको  नवनिर्मित संसद् भवनमा पहिलोपल्ट प्रदेशसभा सदस्यहरूलाई सम्मान गरिएको हो ।

प्रदेशसभा सचिवालयले प्रदेशका पहिलो सांसदका रूपमा सम्मान गरेको हो । कार्यक्रममा दसैं, तिहार र छठ पर्वको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलगायत मन्त्री र सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन १४, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

असनमा किनमेल गर्नेको भीड

कान्तिपुर संवाददाता

काठमाडौँ — भनिन्छ असनमा सुनदेखि नुनसम्म सबथोक पाइन्छ । अरु समयमा पनि कहिल्यै सुनसान नहुने असनका गल्लीहरूमा अहिले झन् दशैँको किनमेल गर्ने मानिसहरूको लर्कोले अटेसमटेस भएको छ ।

महानगरले चारपांग्रे सवारीसाधनलाई निषेध गरेसँगै यसअघिका दसैंमा सवारीसाधनको लर्को देखिए पनि अहिले त्यस्तो देखिँदैन । सबै मानिसहरू असनमै किनमेल गर्ने भएकाले पनि असनमा भिडभाड अझ ज्यादा देखिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×